रौतहट । रौतहटमा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ। आइतबार नुहाउने क्रममा गरुडा नगरपालिका २ गेडही-गुठी निवासी दिनेश सहनीकी १४ वर्षिया छोरी अमरिका सहनीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको हो ।
करेन्ट लागेर घाइते भएकी किशोरीलाई उपचारको लागि अस्पताल लगिएको थियो । उनलाई चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय गरुडाका इन्स्पेक्टर वीरेन्द्र पाश्वानले बताए ।
यसैबीच गरुडा नगरपालिकाका मेयर कन्थमणी जयसवाल अस्पतालमा पुगेर मृतकको किरिया खर्च बापत पीडित परिवारलाई २५ हजार दिने घोषणा गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ भदौ २०७९, १९ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोबाइल फोनको चार्जर छुटाउँदा करेन्ट लागेर मृत्यु
करेन्ट लागेर युवकको मृत्यु
करेन्ट लागेर एक जनाको मृत्यु
धुर्कोटमा करेन्ट लागेर एक जनाको मृत्यु
रौतहटमा करेन्ट लागेर युवकको मृत्यु
धनुषामा करेन्ट लागेर एक जनाको मृत्यु