काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले खेल संरचनाको विकासपछि मात्रै खेलकुद क्षेत्रको विकास हुने बताएका छन्।शनिबार हुम्ला फुटबल एकेडेमीले गरेको स्वागत कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन्। खेल संरचनाको विकासका लागि आफूले बजेको व्यवस्था गर्ने उनले बताए।
जिल्लाको एक मात्र खेल मैदानको आवश्यक सबै संरचनाको निर्माण अघि बढाउन प्रदेश सरकारले ५० लाख रुपैयाँ बजेटको व्यवस्था गर्ने उनले प्रतिबद्धता जनाए।खेलाडीहरुले खेल मैदानको निर्माणका लागि सहयोग गर्न मुख्यमन्त्री शाहीसँग आग्रह गरेका थिए। अघिल्लो वर्षको बजेट खर्च हुन नसकेर फिर्ता भएको भन्दै अहिलेको बजेटलाई सदुपयोग गर्नुपर्ने शाहीले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ भदौ २०७९, १६ : ०२
लेखकबाट थप