रहेनन् कला निर्देशक भट्टराई

सफल खबर संवाददाता

शनिबार, १८ भदौ २०७९, १५ : ५४
रहेनन् कला निर्देशक भट्टराई

काठमाडौं । नेपाली चलचित्रकाे कला विधाका निर्देशक उद्धवराज भट्टराई (जुंगे)को निधन भएको छ।

उनकाे आज (शनिबार) बिहान ६६ वर्षकाे उमेरमा निधन भएको पारिवारिक स्राेतले जनाएकाे छ।४४ वर्षदेखि नेपाली सिने जगतमा काम गरेका उनी चलचित्रको कला विधाकाे निर्देशकका साथै भेषभूषा र साजसज्जाका प्रवन्धक पनि थिए।

उनले ‘प्रेमगीत ३’,‘सेतोबाघ, ‘मुनामदन’, ‘जय बाबु पशुपतिनाथ’, ‘श्रिस्वस्तानी’ ‘भाग्यरेखा’, माया पिरती’, ‘प्रेमपिण्ड’, ‘युगदेखि युगसम्म’, ‘राजमति’, र ‘लर्ड बुद्ध’लगायत थुप्रै नेपाली चलचित्रमा काम गरिसकेका छन्।

 

प्रतिक्रिया दिनुहोस