काठमाडौं । नेपालले आज घरेलु टोलीविरुद्ध दोस्रो एकदिवसीयमा प्रतिस्पर्धा गर्दैछ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपाल र केन्याबीचको खेल दिउँसो १२:४५ बजे सुरु हुनेछ ।
पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो । नेपाल आजको खेल पनि जितेर एक खेल अगाबै सिरिज जित्ने योजनामा हुनेछ । यस खेल जितेमा नेपालले एकदिवसीय सिरिज समेत आफ्नो बनाउने छ ।
नेपालले यस अघि केन्याविरुद्धको पाँच खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३-२ ले जितेको थियो । तेस्रो एकदिवसीय खेल भने सोमबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ भदौ २०७९, ०७ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल र युएईबीचको टी–२० शृंखलाको दोस्रो खेल आज हुँदै
नेपालमा टर्की दूतावास स्थापना सम्भावनाबारे सकारात्मक संकेत
अमेरिकी उच्च अधिकारी नेपाल आएलगत्तै भारतीय उच्च अधिकारीको पनि भ्रमण
नेपाल-कतार सम्बन्ध सुदृढीकरणमा जोड
नेपालले यूएईसँग दुई टी-२० म्याच खेल्ने
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर