काठमाडौं । केन्याविरुद्धको पहिलो एकदिवसीय खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्ने भएको हो ।
नेपालले केन्यामा तीन खेलको एकदिवसीय शृंखला खेल्नेछ । केन्याविरुद्ध मैदान उत्रदा नेपाल एकदिवसीय सिरिजमा सुखद सुरुआतको योजनामा हुनेछ । नेपाल एकदिवसीय सिरिज समेत आफ्नो बनाउन चाहन्छ ।
नेपालले यस अघि केन्याविरुद्धको पाँच खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३-२ ले जितेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ भदौ २०७९, १२ : ४६
लेखकबाट थप