स्व. गिरी समाजवादी र दार्शनिक व्यक्ति हुनुहुन्थ्यो : प्रधानमन्त्री देउवा

सफल खबर संवाददाता

विहीबार, १६ भदौ २०७९, १९ : ४५
स्व. गिरी समाजवादी र दार्शनिक व्यक्ति हुनुहुन्थ्यो : प्रधानमन्त्री  देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्व. प्रदीप गिरीलाई समाजवादी र दार्शनिक व्यक्तित्वको रुपमा स्मरण गरेका छन । बिहीवार काठमाडौंमा भएको १३ औँ दिनको स्मृति सभालाई सम्बोधन गर्दै उनले नेपाली काँग्रेसका स्व.नेता गिरी भर्सटायल, जिनियस भएको बताए । 

प्रधानमन्त्री देउवाले स्व। गिरीमा सबै क्षेत्रको ज्ञान रहेको उल्लेख गर्दै नेपालमा गिरी सरहको बौद्धिक व्यक्तित्व कमै मात्र पाइने बताए। उनले गिरीको निधनले नेपाल र सारा विश्वलाई अपूरणिय क्षति पुर्‍याएको उल्लेख गर्दै यसको क्षति पूर्ण गर्न नसकिने बताए ।

उनले स्व. गिरीका लेखहरु पढ्नैपर्ने र लेखहरुमा समाजवादको चिन्तन र समाजवादी आन्दोलनका अनगिन्ती ज्ञान मिल्ने बताए । उनले स्व। गिरीले छोडेर गएका चिन्तनहरुलाई नेपाली काँग्रेसले देशभर पुर्‍याउने बताए ।

प्रधानमन्त्री देउवाले स्व। गिरीले लेख्नुभएका पुस्तकहरुलाई पार्टीले देशभरमा पुर्‍याएर उहाँका चिन्तनहरु अघि बढाउने बताए ।

प्रतिक्रिया दिनुहोस