आर्सनलको लगातार पाँचौं जित

सफल खबर संवाददाता

विहीबार, १६ भदौ २०७९, ०८ : १०
आर्सनलको लगातार पाँचौं जित

एजेन्सी । प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार पाँचौं जित निकालेको छ । बुधबार राति भएको खेलमा आर्सनले एस्टन भिल्लालाई २–१ ले हराएको हो ।

घरेलु मैदानमा आर्सनलको जितमा ग्रावियल जिसस र ग्रावियल मार्टिनेलीले एक–एक गोल गरे । उता भिल्लाका लागि डुगलस लुइजले एक गोल फर्काए ।

खेलको ३०औं मिनेटमा जिससले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।  भिल्लाका लागि ७४औं मिनेटमा डुगलस लुइजले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

७७ औं मिनेटमा मार्टिनेलीले गोल गर्दै आर्सनललाई २–१ गोलको जित दिलाए । लगातार पाँचौ जित निकाल्दै आर्सनलले १५ अंक जोडेको छ । आर्सनल तालिकाको शीर्ष स्थानमा छ । पराजित एस्टन भिल्ला ३ अंक जोडेर १९ औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस