सत्ता गठबन्धनको कार्यदल बैठक बस्दै, सिट बाँडफाँटमा सहमतीको प्रयास

सफल खबर संवाददाता

विहीबार, १६ भदौ २०७९, ०७ : ३१
सत्ता गठबन्धनको कार्यदल बैठक बस्दै, सिट बाँडफाँटमा सहमतीको प्रयास

काठमाडौं । सत्ता गठबन्धनले चुनावमा सिट बाँडफाँटका लागि गठन गरेको कार्यदलको बैठक बिहीबार बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा सहमतिको प्रयास हुने नेताहरुले बताएका छन् । 

यसअघि बुधबार सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुसहितको बैठक निष्कर्षविहीन भएको थियो  । बैठकमा दलका नेताहरु आ–आफ्नो दाबीमा टसमस भएपछि सहमति जुट्न नसकेको हो ।

राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले बैठकमा कुनै प्रगति नभएको बताए ।   तालमेल गर्दा काँग्रेसले १०० सिटमा दाबी गरेको छ भने   माओवादीले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिट मागेको छ।

प्रतिक्रिया दिनुहोस