सत्ता गठबन्धनको कार्यदल बैठक बस्दै

सफल खबर संवाददाता

बुधबार, १५ भदौ २०७९, ०७ : २८
सत्ता गठबन्धनको कार्यदल बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बुधबार बस्दैछ । कार्यदलको बैठक निरन्तर बस्दै आएपनि गठबन्धनभित्र सिट बाँडफाँडको मोडालिटी तयार हुन सकेको छैन । 

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति जुटाउन प्रयास हुनेछ । 

कार्यदलमा नेपाली कांग्रेसले १ सय, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जसपाले २०, राष्टिय जनमोर्चाले २ सिटमा दाबी गरेको छ । 
यस्तै प्रदेशतर्फ पनि कार्यदलमा सिट फाँडफाँडबारे सामान्य छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस