काठमाडौं । कास्कीको पोखरा र बाराको पथलैयाबाट प्रहरीले लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–३० स्थित पावरहाउस चोकबाट पक्राउ पर्नेमा लामाचौर घर भएका २२ वर्षीय अजय जिसी र चितवन घर भएका २५ वर्षीय समिर कोइराला छन् ।
वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले भैरहवाबाट पोखरातर्फ आउँदै गरेको लु१ ख ८१५७ नम्बरको बसमा सवार अजयको साथबाट नुर्फिन ७० एम्पुल, सोही परिमाणमा डाईजेपाम र फेनारगन बरामद गरेको छ ।
नारायणगढबाट पोखरा जाँदै गरेको ग.१ ख ३०६५ नम्बरको हाइसमा सवार समिरको साथबाट नुर्फिन १ सय एम्पुल, डाइजेपाम १ सय एम्पुल र सोही परिमाणमा फेनारगन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैयाबाट पक्राउ पर्नेमा सिन्धुली घर भएका २४ वर्षीय पूर्ण प्रसाद दाहाल छन् । उनको साथबाट नाइट्रभेट ३ सय ट्याब्लेट सहित फेनारगन, नुर्फिन र डाइजेपाम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । आरोपीको साथबाट प्रहरीले १ हजार ६ सय ६० पिस लागुऔषध बरामद गरेको छ । उनि बसमा कलैयाबाट काठमाडौं तर्फ जाँदै थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ भदौ २०७९, १२ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागूऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
लागूऔषधसहित पाँच जना पक्राउ
लागूऔषधसहित दुई जना पक्राउ
रुपन्देहीबाट तीनजान लागूऔषध कारोबारी पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ