काठमाडौं । बुटवलको दिप बोर्डिङ हाई स्कूलका शिक्षकले १० कक्षामा पढ्ने विद्यार्थीलाई कुटपिट गरेका छन् । विद्यालयका कम्प्युटर शिक्षक एकराज गुरागाईले विद्यार्थी जेनित रायमाझीलाई कानमा हानेको अभिभावकले बताएका छन् ।
तिलोत्तमा–५ घर भएका जेनितले कक्षा कोठामा हाँसेको भन्दै शिक्षकले चट्कन हानेको अभिभावक चन्दा रायमाझीले बताइन् । शारीरिक सजाय दिन नपाइने भए पनि विद्यालयका शिक्षकले पटक–पटक विद्यार्थीलाई कुटपिट गरेकाले विद्यार्थीहरू असुरक्षित भएका उनको भनाई छ ।
शिक्षकको कुटाइबाट घाइते भएका जेनितलाई अभिभावकले लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेज प्रालिमा उपचार गराएका थिए । अभिभावकका अनुसार जेनितलाई १५ दिन आराम गर्न चिकित्सकले सुझाएका छन् ।
उपचारका क्रममा उनको बंगारामा असर पुगेको चिकित्सकले बताएको अभिभावक चन्दा रायमाझीले बताइन् । विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले आफूलाई पनि विद्यार्थीलाई कुटपिट भएको जानकारी आएको र यसबारे थप बुझ्ने प्रयास भइरहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ भदौ २०७९, १२ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
विद्यार्थीलाई गगनको आग्रह : यो देश बर्बाद भयो भन्ने कुरा नपत्याउनुस्
कोशीबाट ८१ हजार विद्यार्थी एसईईमा सहभागी हुँदै
भरतपुर महानगरका विद्यार्थीहरुको विद्यालयमा नै स्वास्थ्य परिक्षण तथा स्क्रिनिङ अभियान शुभारम्भ
स्मार्ट ट्याबमा पढ्दै रामतुलसी माविका विद्यार्थी