काठमाडौं । बुटवलको दिप बोर्डिङ हाई स्कूलका शिक्षकले १० कक्षामा पढ्ने विद्यार्थीलाई कुटपिट गरेका छन् । विद्यालयका कम्प्युटर शिक्षक एकराज गुरागाईले विद्यार्थी जेनित रायमाझीलाई कानमा हानेको अभिभावकले बताएका छन् ।
तिलोत्तमा–५ घर भएका जेनितले कक्षा कोठामा हाँसेको भन्दै शिक्षकले चट्कन हानेको अभिभावक चन्दा रायमाझीले बताइन् । शारीरिक सजाय दिन नपाइने भए पनि विद्यालयका शिक्षकले पटक–पटक विद्यार्थीलाई कुटपिट गरेकाले विद्यार्थीहरू असुरक्षित भएका उनको भनाई छ ।
शिक्षकको कुटाइबाट घाइते भएका जेनितलाई अभिभावकले लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेज प्रालिमा उपचार गराएका थिए । अभिभावकका अनुसार जेनितलाई १५ दिन आराम गर्न चिकित्सकले सुझाएका छन् ।
उपचारका क्रममा उनको बंगारामा असर पुगेको चिकित्सकले बताएको अभिभावक चन्दा रायमाझीले बताइन् । विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले आफूलाई पनि विद्यार्थीलाई कुटपिट भएको जानकारी आएको र यसबारे थप बुझ्ने प्रयास भइरहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ भदौ २०७९, १२ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देवघाटस्थित गुरुकूल शिक्षामा विद्यार्थीको आकर्षण
सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन
विद्यार्थीबाट गैरकानुनी रुपमा सङ्कलन गरिएको शुल्क फिर्ता गर्न मन्त्रालयको निर्देशन
दलीय विद्यार्थी संगठन हटाउने सरकारको घोषणा, स्नातकसम्म अध्ययन गर्न नागरिकता नचाहिने
कक्षा ५ सम्मका विद्यार्थीको आन्तरिक परीक्षा बन्द गर्ने सरकारको घोषणा
ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा