काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद महेश बस्नेतले काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहसहितका जनप्रतिनिधि र स्वतन्त्र समूहहरुबाट चुनाव लड्ने तयारी गरिरहेका युवाहरुको विरुद्धमा आपत्तिजनक अभिव्यक्ति दिएका छन्।
सोमरबार पार्टीले भक्तपुरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बस्नेतले बालेन शाह, रविन्द्र मिश्र, रवि लामिछाने, रमेश खरेलका नाममा विभिन्न खालका अन्तराष्ट्रिय मिसनहरु परिचालित भएको बताए।
‘नेताहरुलाई कुकुरको माला लगाइदिएका छन्। कुकुरको टाउको जोडिदिएका छन्। त्यो भन्दा तीन गुणा बढी गाली गर्नुस, तपाईहरुले। त्यो गरे वापत केही भयो भने हामी तपाईहरुको संरक्षण गर्छौ’, उनले भने, ‘सकभर मुखले सम्झाउनुहोस, मुखले सम्झाउँदा मानेनन भने हात गोडा के केले सम्झाउने हो सम्झाउनुहोस। परेको कुरा पार्टीले व्यहोर्छ।‘
नेकपा एमालेको युथफोर्स दस्ताको नेतृत्व लिएर चर्चामा आएका बस्नेत एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रिय पात्रका रुपमा चिनिन्छन्। उनी भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ का सांसद हुन। यसअघि उनी भक्तपुरकै गुन्डु गाबिसका अध्यक्ष पनि भइसकेका छन्।
तत्कालिन प्रधानमन्त्री ओलीको कार्यकालमा दल फुटाउने अध्यादेश ल्याउने बेला पूर्व आइजीपी सर्वेन्द्र खनालको सहयोगमा जसपाका सांसद सुरेन्द्र यादवलाई अपहरण शैलीमा मधेशबाट रातारात काठमाडौं ल्याएर होटलमा राख्ने काममा उनको संलग्नता थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ भदौ २०७९, ०८ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वर्तमान सरकार अधिनायकवादी र निरंकुश शैलीमा अघि बढिरहेको महेश बस्नेतको आरोप
सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
कार्की आयोगको प्रतिवेदनबारे सरकारको निर्णय कुटिल र षडयन्त्रपूर्ण : महेश बस्नेत
कार्की आयोगको प्रतिवेदन आग्रहपूर्ण र षड्यन्त्रपूर्ण छ : महेश बस्नेत
परिणाम अनुकूल भएन, जनताको निर्णय सर्वोपरि : महेश बस्नेत
‘बुथबाट मतपेटिका लैजाँदा दलको प्रतिनिधि सहभागी नगराउने कुरा स्वीकार्य हुँदैन’: महेश बस्नेत