काठमाडौँ । कर्णाली प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रका दुई जना सांसदले आज मन्त्री पदको शपथग्रहण गर्ने भएका छन्। रुकुम पश्चिमका रातो कामी र जाजरकोटकी कृष्णा शाह आचार्यले कर्णाली प्रदेश सरकारको मन्त्री पदको शपथ लिने भएका हुन्।
शपथ ग्रहणसँगै कर्णाली प्रदेशमा माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने सबै ११ जना माओवादी प्रदेश सांसदहरू मन्त्री बन्नेछन्। माओवादीले सबै सांसदलाई भागवण्डा दिन आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहलाई राजीनामा दिन लगाएको थियो।
सो निर्देशनसँगै मुख्यमन्त्री जीवनबहादुर शाहीसमक्ष दुई मन्त्रीले आइतबार राजीनामा दिएका थिए। रिक्त दुई पदमा दुई सांसदले मन्त्रीको शपथ लिने बुझिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ भदौ २०७९, ०९ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णालीको पर्यटनमा लगानी गर्न व्यवसायीलाई मुख्यमन्त्रीको आग्रह
कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ
कर्णाली प्रदेशसभाको पाँचौँ अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय
सरकारले कर्णालीप्रति गर्ने उपेक्षालाई चिर्ने प्रयास भइरहेको छ : मुख्यमन्त्री कँडेल
कर्णाली प्रदेश सभामा रिक्त संसदीय समितिले पायो पूर्णता
कर्णाली प्रदेश खेलकुद परिषद्को सदस्य सचिवको जिम्मा उपाध्यायलाई