एजेन्सी । चीनको सिचुआन प्रान्तमा शनिबारदेखि परेको भारी वर्षाका कारण रातारात ४६ हजार ४ सय मानिसलाई सुरक्षित स्थानमा सारिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । बाढीले चेङ्दु, गुआङ्युआन र गार्जे तिब्बती स्वायत्त प्रिफेक्चरलगायतका सात सहर र प्रिफेक्चर प्रभावित भएको जनाइएको छ ।
ग्लोबल टाइम्सका अनुसार सिचुआनका सहरह, प्रिफेक्चर र चेङ्दुको उत्तर र उत्तरपश्चिममा यो साताको अन्त्यमा भारी वर्षा हुनेछ भने मियानयाङ, याआन, गुआङ्युवान, देयाङ, आबा र गार्जे प्रान्तहरूमा पनि मध्यमदेखि भारी वर्षा हुनेछ । केन्द्रीय मौसम विज्ञान पर्यवेक्षकले आइतबार बिहान पानी पर्नका लागि ब्लू अलर्ट जारी गरेको छ ।
राष्ट्रिय मौसम विज्ञान केन्द्रले आइतबार बिहान पूर्वी सिचुआनलगायत देशका केही भागहरूमा उच्च तापक्रमको लागि पहेंलो चेतावनी जारी गरेको थियो । चीनमा ६ दशकयताकै सबैभन्दा खराब गर्मीले देशको आर्थिक क्षेत्रलाई प्रभावित गरेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १३ भदौ २०७९, ०७ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा
चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
कोदारी नजिक चिनियाँ पर्खाल निर्माणमा नेपाल असन्तुष्ट
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल