रुकुम । रुकुम पश्चिममा पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आमा छोरी रहेको प्रहरीले जनाएको छ ।
पहिरोमा परेर जाजरकोटको भेरी नगरपालिका– १ मैदेकी ३० वर्षीया बालमती राना र उनकी २ वर्षीया प्रतीक्षा रानाको मृत्यु भएको हो । यस्तै बालमतीकी ७ वर्षीया छोरी तिर्सना घाइते भएकी छन्।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी तथा प्रहरी निरीक्षक राजिव श्रेष्ठले जाजरकोटको नलगाड नगरपालिका–१ स्थित माइतीबाट रुकुम पश्चिम हुँदै घर फर्किने क्रममा पानी परेपछि उनीहरु आठबिसकोट नगरपालिका–१४ पिपलचौर स्थित छेपारे सामुदायिक वनको भवनमा बसेका थिए । तर, माथिबाट पहिरो आएर भवन पुरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ भदौ २०७९, २२ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाँचथरमा पहिरोमा परेर १० घर जोखिममा
पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा आयो
पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध
पहिरोले महाकाली राजमार्ग अवरुद्ध
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
पहिरो खसेपछि बीपी राजमार्ग फेरि अवरुद्ध