साफ खेल्ने महिला टोली घोषणा, रेखाको पुनरागमन

सफल खबर संवाददाता

शनिबार, ११ भदौ २०७९, १३ : ३३
साफ खेल्ने महिला टोली घोषणा, रेखाको पुनरागमन

काठमाडौं । रेखा पौडेललाई पुनरागमन गराउदै भदौ चौथो हप्तादेखि सुरु हुने साफ महिला च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय महिला टिमको घोषणा भएको छ ।

टिमका मुख्य प्रशिक्षक कुमार थापाले घरेलु मैदानमा हुने प्रतियोगिताको लागि २३ सदस्यीय टिमको घोषणा गरेका हुन् । जसमा रेखाले पुनरामगन गर्दा तीन खेलाडी पहिलो पटक टोलीमा स्थान बनाएका छन् । समिक्षा घिमिरे, देपा शाही र अमिसा कार्की पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएका छन् ।

प्रतियोगिताका लागि समूह ‘बी’ मा रहेको नेपालसँगै भुटान र श्रीलंका छन् । यस्तै, साविक विजेता भारतसँगै बंगलादेश र पाकिस्तान समूह ‘ए’ मा छन् । भदौ २१ गतेदेखि हुने प्रतियोगिताको पहिलो दिन नेपालले भुटानसंग खेल्नेछ । यस्तै, २७ गते नेपालले श्रीलंकाविरुद्ध खेल्नेछ ।

नेपाली टिमः
गोलकिपरः एन्जिला तुम्बाप्पे सुब्बा, अन्जना रानामगर, उषा नाथ
रक्षकः हिराकुमारी भुजेत, अमृता जैसी, गीता राना, पुनम जर्घामगर, निशा थोकर, समिक्षा घिमिरे, विमला विक
मिडफिल्डरः विमला चौधरी, मन्जलीकुमारी योन्जन, प्रीती राई, सरु लिम्बू, दीपा राई, दीपा शाही, इन्दिरा राई, अनिता बस्नेत, अनिता केसी
फरवार्डः अमिषा कार्की, रेखा पौडेल, सावित्रा भन्डारी, रश्मीकुमारी घिसिङ

प्रतिक्रिया दिनुहोस