प्रधानमन्त्री देउवा आज बुटवल जाँदै, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उदघाटन गर्ने तयारी

रासस

शनिबार, ११ भदौ २०७९, ०८ : २०
प्रधानमन्त्री देउवा आज बुटवल जाँदै, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उदघाटन गर्ने तयारी

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१० रामनगरस्थित बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाले शनिवार उद्घाटन  गर्ने भएका छन् ।

त्यसका लागि प्रधानमन्त्री देउवा शनिवार बुटवल आउने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए ।

बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना हुने राष्ट्रिय तथा अन्तराष्ट्रिय सभा सम्मेलनलाई मध्यनजर गरेर बुटवलमा यो सम्मेलन केन्द्र २ चरणमा निर्माण पूरा गर्ने गरी विक्रम संवत् २०७१ सालमा ठेक्का सम्झौता भएको हो ।

थप भएको म्यादअगावै २०७८ असारमै सो केन्द्र निर्माण सम्पन्न गरिएको आयोजना प्रमुख धर्मेन्द्र पन्थीले बताए । बुटवलदेखि पूर्वपश्चिम राजमार्गसँगै जोडिएको सम्मेलन केन्द्र नेपालको राष्ट्रिय झण्डा आकृतिमा बनेको छ । यो  सभाहल १ हजार सीट क्षमताको छ ।

प्रतिक्रिया दिनुहोस