एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भारतमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ।
फिफाले शुक्रबार भारतको फुटबल संघ अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) माथि अनिश्चितकालका लागि लगाएको प्रतिबन्ध फुकुवा गरेको हो।
फिफाले एआईएफएफलाई पत्र लेख्दै प्रतिबन्ध फुकुवा गरिएको जनाएको छ।प्रतिबन्ध फुकुवासँगै आगामी अक्टोबरमा हुने यू-१७ महिला विश्वकप पनि भारतमै आयोजना हुनेछ।
यस्तै भारतले नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप खेल्न पाउने भएका छन्।फिफाले गत साउन एआईएफएफमा बाहिरी शक्ति हाबी भएको भन्दै प्रतिबन्ध गरेको थियो।
फिफाले विधानमा आफ्ना सदस्य संघहरू कानूनी र राजनीतिक हस्तक्षेपबाट मुक्त हुनुपर्ने प्रावधान रहेको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ११ भदौ २०७९, ०७ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने
एन्फाका पूर्वअध्यक्ष गणेश थापाको प्रतिबन्ध फुकूवा
फिफा वरियतामा ४ स्थान माथि उक्लियो नेपाल
विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष नेपाल आउने