दशैं–तिहारमा कालोबजारी रोक्न स्थानीय तहले बढी सक्रियता देखाउनुपर्छ : मन्त्री बडू

सफल खबर संवाददाता

शुक्रबार, १० भदौ २०७९, १९ : ४६
दशैं–तिहारमा कालोबजारी रोक्न स्थानीय तहले बढी सक्रियता देखाउनुपर्छ : मन्त्री बडू

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले दशैं–तिहारको समयमा कालोबजारी रोक्न स्थानीय तहले बढी सक्रियता देखाउन आवश्यक रहेको बताएका छन् । शुक्रबार संघ, प्रदेश, स्थानीय तह समन्वय समितिको बैठकमा बोल्दै मन्त्री बडूले चाडवाडमा कालोबजारी रोक्न स्थानीय तहले बजार अनुगमनमा जोड दिन आवश्यक रहेको बताएका हुन् ।

उनले चाडपर्वको समयमा बजारमा कालोबजारी, मूल्यबृद्धि रोक्नको लागि संघ, प्रदेश र स्थानीय तहले प्राथमिता दिएर बजार अनुगमन गर्नुपर्ने आवश्यकता रहेको बताए । मन्त्री बडूले बजार अनुगमनको लागि अहिले स्थानीय तह र प्रदेश सरकारलाई कानूनी समस्या नरहेको बताए ।

उनले प्रदेश सरकारलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ६३ ले अनुगमन सम्बन्धि कानून बनाउने अधिकार दिएको बताए । मन्त्री बडूले उक्त ऐन अनुसार प्रदेश सरकारले बजार अनुगमन समिति बनाएर अनुगमन गर्नुपर्ने बताए ।

उनले स्थानीय तहले बजार अनुगमन गरेमात्रै प्रभावकारी हुनसक्ने दाबी गरे । उनले स्थानीय बजारको अनुगमनमा स्थानीय तह नै सक्रिय हुँदा अनुगमन गरेको जनताले अनुभुति गर्ने बताए । मन्त्री बडूले अहिले स्थानीय तह र प्रदेश सरकारले सही रुपमा अनुगमन गर्न नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस