सेन्ट्रल कलेज शहिद शिव पौडेल स्मृति फुटसल सुरु

सफल खबर संवाददाता

शुक्रबार, १० भदौ २०७९, १५ : १२
सेन्ट्रल कलेज शहिद शिव पौडेल स्मृति फुटसल सुरु

चितवन । सेन्ट्रल कलेज शहिद शिवप्रसाद पौडेल स्‍स्मृति फुटसल सुरु भएको छ । शहिद शिवप्रसाद पौडेल स्मृति प्रतिष्ठानको आयोजनामा आज (शुक्रबार) बाट प्रतियोगिता सुरु भएको हो ।

क्षेत्रपुर फुटसल एरेनामा सुरु भएको प्रतियोगिताको भरतपुर महानगरपालिका २ का वडाध्यक्ष मनोज रानाभाटले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा रानाभाटले आफ्नो राजनीतिक यात्राका सहपाठी स्व. पौडेललाई स्मरण गरे । उनले पौडेल पनि खेलकुदमा रुची राख्ने व्यक्ति भएको बताए । पौडेलले युवाहरुलाई राजनीतिमा आउनुपर्छ भनेर सधैं प्रेरित गर्ने गरेको उनले स्मरण गरे ।

मुख्य प्रायोजक सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिका प्रिन्सिपल यज्ञबिलास पौडेल (वाईबी) ले शहिद शिव पौडेलको स्‍मृतिमा आयोजित प्रतियोगितासँग जोडिन पाउँदा खुशी लागेको बताए । सेन्ट्रल कलेजले खेलकुद गतिविधि र सामाजिक कार्यलाई सधैं प्राथमिकता दिने गरेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस