बुटवल । बुटवलमा डेंगु संक्रमित १ जना बिरामीको मृत्यु भएको छ । अर्घाखाँचीको मालारानी गाउँपालिका–१ घर भई हाल बुटवल उपमहानगरपालिका–११ बस्ने ७६ वर्षीय चुरामणि आचार्यको डेंगुका कारण मृत्यु भएको हो ।
केही दिनदेखि अस्वस्थ रहेका आचार्यलाई बुधवार थप परीक्षणपछि बिहीवार काठमाडौं लैजाने तयारी गरिएको थियो । बिहीवार थप उपचारका लागि काठमाडौंबाट छोरा टेकराज आचार्य आएर लैजाने तयारी गरेको समयमा दिउँसो मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
आचार्य अर्घाखाँचीको तत्कालीन मरेङ गाविसको पूर्व उपाध्यक्ष हुन् । केही हप्तायता रुपन्देहीमा डेंगुका बिरामी दिनहुँ बढेका छन् ।
बुटवलमा सरकारी तथा निजी अस्पतालमा गम्भीर प्रकृतिका बिरामीको संख्या बढेको वरिष्ठ फिजिसियन डा। नन्दु पाठकले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० भदौ २०७९, ०९ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जापानिज इन्सेफ्लाइटिस र डेंगुबाट रुपन्देहीमा २ जनाको मृत्यु
डेंगु नियन्त्रण गर्न लार्भा खोजी तथा नष्ट अभियान
जलवायु परिवर्तनको असर : बाह्रै महिना डेंगुको संक्रमण देखिँदै
७३ जिल्लाबाट एक हजार पाँच सय भन्दा बढीमा डेंगु पुष्टि
चितवनमा डेंगु सङ्क्रमण घट्दो क्रममा
गण्डकीमा डेंगु सङ्क्रमणबाट आठ जनाको मृत्यु