उदयपुर । उदयपुरको कटारी नगरपालिका–१० सोतास्थित ६० वर्षीय वृद्ध फौदबहादुर श्रेष्ठको घर नजिकैको भिरबाट लडेर ज्यान गएको छ । घर नजिकै रहेको गोदाममा किराना पसलको सामान राखी घर फर्किने क्रममा अचानक भिरबाट लडेर २ सय मिटर तल पुगेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
उनको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा डिएसपी राकेशकुमार पोदारले जानकारी दिए । लास पोस्टमार्टमको लागि कटारी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
घटनाको आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाको लागी इप्रका कटारीबाट प्रनाउको कमान्डमा टोली खटिएको जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ भदौ २०७९, २१ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु