कोरोना अपडेट : थप ४४४ जनामा संक्रमण पुष्टि, ३ जनाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, ०९ भदौ २०७९, १९ : ०१
कोरोना अपडेट : थप ४४४ जनामा संक्रमण पुष्टि, ३ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९५४ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट २११ तथा एन्टिजेन विधिबाट २३३ जनामा गरी ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

पछिल्लो २४ घण्टामा ३०७ जना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रिय संक्रमितको संख्या ४ हजार १९९ पुगेको छ ।