मेयर शाह आज पनि अनुगमनमा, शंखमूलको बर्गर हाउस हटाउन निर्देशन

सफल खबर संवाददाता

विहीबार, ०९ भदौ २०७९, १२ : १५
मेयर शाह आज पनि अनुगमनमा, शंखमूलको बर्गर हाउस हटाउन निर्देशन

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले शंखमूलस्थित एक व्यावसायिक भवनको पार्किङमा सञ्चालित बर्गर हाउस हटाउन निर्देशन दिएका छन् । 

अनधिकृत संरचना हटाउन महानगरको टोलीसहित बिहीबार बिहान शंखमूल र बानेश्वरको अनुगमनमा पुगेका मेयर शाहले सो निदेर्शन दिएका हुन् । जसमा सो भवनका धनी र बर्गर हाउस सञ्चालकले पनि आइतबारसम्म भूमिगत पार्किङ खाली गराउने बताएका छन् ।

पछिल्लाेसमय मेयर साह आफैं महानगरभित्र बनेका अनधिकृत संरचना भत्काउन खटिएका छन् । गत सोमबार नयाँबानेश्वर क्षेत्रमा बनाइएको अनधिकृत संरचना भत्काएको महानगरले बुधबार सुन्धारा, न्युरोड, दरबारमार्ग र बबरमहल क्षेत्रका अनधिकृत संरचना भत्काएको थियाे । 

प्रतिक्रिया दिनुहोस