काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेको पोलिटब्युरो बैठक सुरु भएको छ । ललितपुरको बालकुमारीस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा केहीबेर अघि एमाले पोलिटब्युरो बैठक सुरु भएको हो ।
बैठकमा एमाले अध्यक्ष केपी ओलीले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई छलफलको एजेन्डा बनाएका छन् । बुधबारको स्थायी समिति बैठकले आगामी निर्वाचनमा गठबन्धन नगर्ने तर जुनसुकै दलसँग तालमेलका लागि ढोका खुला गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ भदौ २०७९, १२ : ०९
लेखकबाट थप