एमालेको चेतावनीलाई वेवास्ता गर्दै कामचलाउ सरकारले सोमबार प्रदेशको राजधानी तोक्ने

विहीबार, २८ मंसिर २०७४, १३ : ४७
एमालेको चेतावनीलाई वेवास्ता गर्दै कामचलाउ सरकारले सोमबार प्रदेशको राजधानी तोक्ने

चितवन, २८ मंसीर । सरकारले आगामी सोमबार प्रदेशको अस्थायी मुकाम तोक्ने निर्णय गरेको छ  । मन्त्रिपरिषद बैठक बसेर सात प्रदेशको अस्थायी मुकाम आजै तोक्ने चर्चा यसअघि भएपनि आज क्याबिनेट बैठक नै नराखिएकाले सोमबार मात्र मुकाम तोक्न भएको छ ।

बिहीबार क्याविनेट बैठक बोलइएको छैन । नियमित बैठक सातामा एक दिनमात्र हुने र गत सोमबार नियमित बैठक बसेकाले अर्को बैठक अवको सोमबार मात्रै बस्ने प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

बालुवाटार श्रोतका अनुसार सोमबार बस्ने बैठकले सात प्रदेशको राजधानी तोक्नेछ । तर, आम निर्वाचनपछि यो सरकार कामचलाउ भइसकेकाले निर्वाचनमा ठुलो दल बनेको एमालेले काम चलाउ सरकारलाई मुकाम तोक्ने अधिकार नभएको भन्दै कुनै निर्णय नगर्न चेतावनी दिदै आएको छ ।

एमालेले सरकारले सोमबार सरकारी संस्थानमा गरेका नियुक्तिलगायतका विषयमा समेत असहमति जनाउदै आएको छ । एमालेको यो चेतावनीपछि प्रदेशको मुकाम तोकेपनि प्रदेश प्रमुखको नियुक्तिका बारेमा भने सरकारले कुनै निर्णय गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस