रिलायन्स लाइफ इन्स्योरेन्सका २ जना अभिकर्ता ‘मिलिनियम डलर राउण्ड टेबल’ मा छनोट

सफल खबर संवाददाता

विहीबार, ०९ भदौ २०७९, १० : ४०
रिलायन्स लाइफ इन्स्योरेन्सका २ जना अभिकर्ता ‘मिलिनियम डलर राउण्ड टेबल’ मा छनोट

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सका २ जना अभिकर्ता ‘मिलिनियम डलर राउण्ड टेबल’ मा छनोट भएका छन् । जसअनुसार नमीता न्यौपाने र बिना कुमारी न्यौपाने अस्ट्रेलिया प्रस्थान गरेका छन् । 

मिलिनियम डलर राउण्ड टेबलमा छनौट हुनको लागि जीवन बिमा कम्पनीका अभिकर्ताहरुले एक निश्चित स्तरको प्रिमियम, कमिशनको लेवल वा वर्षको आम्दानीको सीमा क्रश गर्नुपर्ने हुन्छ ।

यस्तै कार्यक्रमको लागि छनौट हुन विशेष नियमहरु कडाइका साथ पालना गरी व्ययसायिक उत्कृष्टता प्रदान गरेको समेत हुनुपर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस