दरबारमार्ग पुगे मेयर शाह

सफल खबर संवाददाता

बुधबार, ०८ भदौ २०७९, १४ : ३७
दरबारमार्ग पुगे मेयर शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह दरबारमार्ग पुगेका छन् । नक्सापासविना बनाइएका संरचना हटाउने अभियान अन्तर्गत मेयर शाह बुधबार दिउँसो दरबारमार्ग पुगेका हुन् ।

दरबारमार्ग पुगेर उनले बिहीबारसम्म अनाधिकृत सामान हटाउन व्यापारीहरुलाई निर्देशन दिएका छन् ।

यसअघि महानगरले काठमाडौं मलको अगाडिको अवैध पसल, खिचापोखरीमा रहेको आरबि कम्प्लेक्सका अव्यवस्थित पसलहरू भत्काएको छ भने रंजनागल्लीको कोजी कम्प्लेक्स र न्युरोडको केषा प्लाजालाई पुन: मिति दिएको छ । 

प्रतिक्रिया दिनुहोस