काठमाडौं । बलात्कारको अभियोगमा जेल भुक्तान सुरु गरेको ७ दिन नपुग्दै एक कैदीको मृत्यु भएको छ । जिल्ला कारागार अछाममा कैद भुक्तान गरिरहेका मंगलसेन नगरपालिका– ५ का बेदराज भाटको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक कैलाश सिंह विष्टका अनुसार शरीर चिथोर्ने, चिच्याउने, कराउने गर्न थाले पछि सेती प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएका भाटको उपचारको क्रममा मृत्यु भएको हो ।
जबरजस्ती करणीको मुद्दामा जिल्ला अदालत अछामले भाटलाई १० वर्ष ३ महिना ८ दिनको कैद सजायको फैसला गरेको थियो । जसअनुसार २ भदौमा उनी जेल चलान भएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ भदौ २०७९, ०९ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
छतबाट पिसाब फेर्ने क्रममा लडेर एकजनाको मृत्यु
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
भीरबाट लडेर दुई जनाको मृत्यु
भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु
महोत्तरीमा डुबेर चार बालिकाको मृत्यु