कारागार गएको सात दिन नपुग्दै कैदीको मृत्यु

सफल खबर संवाददाता

बुधबार, ०८ भदौ २०७९, ०९ : ४०
कारागार गएको सात दिन नपुग्दै कैदीको मृत्यु

काठमाडौं । बलात्कारको अभियोगमा जेल भुक्तान सुरु गरेको ७ दिन नपुग्दै एक कैदीको मृत्यु भएको छ । जिल्ला कारागार अछाममा कैद भुक्तान गरिरहेका मंगलसेन नगरपालिका– ५ का बेदराज भाटको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक कैलाश सिंह विष्टका अनुसार शरीर चिथोर्ने, चिच्याउने, कराउने गर्न थाले पछि सेती प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएका भाटको उपचारको क्रममा मृत्यु भएको हो । 

जबरजस्ती करणीको मुद्दामा जिल्ला अदालत अछामले भाटलाई १० वर्ष ३ महिना ८ दिनको कैद सजायको फैसला गरेको थियो । जसअनुसार २ भदौमा उनी जेल चलान भएका थिए ।