काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) ले ६१ सदस्यीय पदाधिकारीसहित ३५१ सदस्यीय केन्द्रीय समिति बनाएको छ । शुक्रबार सुरु भई आइतबार अबेर सकिएको दोस्रो राष्ट्रिय भेलाबाट चयन भएका पदाधिकारी र केन्द्रीय सदस्यहरुले मंगलबार पद तथा गोपनीयताको सपथ लिएका छन् ।
वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटाले उनीहरुलाई सपथ गराएका हुन् । वाईसीएलको विधानमा ३५ पदाधिकारी र १९९ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था भए पनि आकांक्षी धेरै भएपछि विधान नै संशोधन गरेर पदाधिकारी र केन्द्रीय सदस्यको संख्या थपिएको हो ।
अब वाईसीएलमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, महासचिव, ६ जना उपमहासचिव, ४५ सचिव र कोषाध्यक्ष हुनेछन् । वाईसीएल इन्चार्ज सापकोटाले आकांक्षीलाई व्यवस्थापन गर्दा पदाधिकारी बढेको बताए । ‘सकेसम्म पदाधिकारी टिम सानै बनाउने भन्ने थियो तर चुनाव पनि आएकाले आकांक्षी सबैलाई समेटियो’, उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ भदौ २०७९, १५ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो बन्यो वाईसीएलको ७४ जना पदाधिकारी टीम (सूचीसहित)
वाईसीएललाई प्रचण्डको निर्देशन : ‘प्रतिक्रियावादी र प्रतिगमनकारी शक्तिविरुद्ध खरो रूपमा उभिनुहोस्’
वाईसीएलको निर्वाचन कार्यतालिका फेरि सर्यो
सहमतिबाटै अध्यक्ष टुङ्ग्याउन वाईसीएलका नेताहरू खुमलटारमा