काठमाडौं । नेपाल राष्ट्र बैंकले लगातार चौथो पटक पनि ट्रेजरी बिल आफैंले खरिद गरेको छ । केन्द्रीय बैंकले ६ भदौमा २८ दिन, ९१ दिन, १८२ दिन र ३६४ दिन अवधिको १२ खर्ब २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोलमा ल्याएको थियो । जसमध्ये ७ अर्ब ३५ करोड रुपैयाँको ट्रेजरी बिल राष्ट्र बैंकले नै खरिद गरेको हो ।
यसअघि १६ साउन, २३ साउन र ३० साउनमा पनि नवीकरणका लागि बोलकबोल गरेको ट्रेजरी बिल राष्ट्र बैंकले नै खरिद गरेको थियो । साउन पहिलो साता मौद्रिक नीति ल्याएपछि ९ साउनमा बोलकबोल गरेको ट्रेजरी बिलमा बैंकहरुले डिस्काउन्ट रेट १४ प्रतिशतसम्म बोलकबोल गर्दा राष्ट्र बैंकले स्वीकार गरेको थियो । तर, त्यसपछि हरेक पटक नवीकरणका लागि बोलकबोलमा ल्याएको ट्रेजरी बिल आफैं खरिद गर्दै आएको छ । ९ साउनपछि राष्ट्र बैंकले ४२ अर्ब ४३ करोड ३२ लाखको ट्रेजरी बिल नविकरणको लागि बोलकबोल ल्याएकोमा ३५ अर्ब ४० करोड ५ लाख रुपैयाँको ट्रेजरी बिल राष्ट्र बैंकले नै खरिद गरेको हो ।
सोमबार नवीकरणका लागि बोलकबोल आह्वान गरेको २८ दिन अवधिको २ अर्ब रुपैयाँको ट्रेजरी बिल बैंकहरुले नै नवीकरण गरेका छन् । उक्त ट्रेजरी बिलमा १३ बैंक तथा वित्तीय संस्थाले ५१ वटा आवेदन मार्फत ६ अर्ब ३१ करोडको लागि बोलकबोल पेश गरेका थिए । उक्त ट्रेजरी बिलको डिस्काउन्ट रेट न्युनतम ७.९९५८ प्रतिशत, अधिकतम ८.७५०३ प्रतिशत र औसत ८.७०५५ प्रतिशतमा स्वीकार गरेको राष्ट्र बैंकले जनाएको छ ।
सोमबार नै राष्ट्र बैंकले ९१ दिन अवधिको २ अर्ब २३ करोड ३२ लाखको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोलमा ल्याएको थियो । उक्त ट्रेजरी बिलमा १२ बैंक तथा वित्तीय संस्थाले १५ वटा आवेदन मार्फत ५ अर्ब ५९ करोड ८२ लाख रुपैयाँको लागि आवेदन पेश गरेका थियो । उक्त ट्रेजरी बिलको डिस्काउन रेट न्यूनतम ९.८३९९ प्रतिशत, अधिकतम ९.४०९९ प्रतिशत र औसत ९.०८९१ प्रतिशतमा बैंकहरुले नवीकरण गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ भदौ २०७९, १३ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बजारबाट २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
‘उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छ’: राष्ट्र बैंक
उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छ: राष्ट्र बैंक
ऋणीहरूलाई ठूलो राहत दिँदै राष्ट्र बैंकले लागू गर्यो नयाँ व्यवस्था
राष्ट्र बैंकले ६ अर्ब ६० करोड लगानी गर्दै
नयाँ व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकको सर्कुलर