काठमाडौं । नेपाल राष्ट्र बैंकले लगातार चौथो पटक पनि ट्रेजरी बिल आफैंले खरिद गरेको छ । केन्द्रीय बैंकले ६ भदौमा २८ दिन, ९१ दिन, १८२ दिन र ३६४ दिन अवधिको १२ खर्ब २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोलमा ल्याएको थियो । जसमध्ये ७ अर्ब ३५ करोड रुपैयाँको ट्रेजरी बिल राष्ट्र बैंकले नै खरिद गरेको हो ।
यसअघि १६ साउन, २३ साउन र ३० साउनमा पनि नवीकरणका लागि बोलकबोल गरेको ट्रेजरी बिल राष्ट्र बैंकले नै खरिद गरेको थियो । साउन पहिलो साता मौद्रिक नीति ल्याएपछि ९ साउनमा बोलकबोल गरेको ट्रेजरी बिलमा बैंकहरुले डिस्काउन्ट रेट १४ प्रतिशतसम्म बोलकबोल गर्दा राष्ट्र बैंकले स्वीकार गरेको थियो । तर, त्यसपछि हरेक पटक नवीकरणका लागि बोलकबोलमा ल्याएको ट्रेजरी बिल आफैं खरिद गर्दै आएको छ । ९ साउनपछि राष्ट्र बैंकले ४२ अर्ब ४३ करोड ३२ लाखको ट्रेजरी बिल नविकरणको लागि बोलकबोल ल्याएकोमा ३५ अर्ब ४० करोड ५ लाख रुपैयाँको ट्रेजरी बिल राष्ट्र बैंकले नै खरिद गरेको हो ।
सोमबार नवीकरणका लागि बोलकबोल आह्वान गरेको २८ दिन अवधिको २ अर्ब रुपैयाँको ट्रेजरी बिल बैंकहरुले नै नवीकरण गरेका छन् । उक्त ट्रेजरी बिलमा १३ बैंक तथा वित्तीय संस्थाले ५१ वटा आवेदन मार्फत ६ अर्ब ३१ करोडको लागि बोलकबोल पेश गरेका थिए । उक्त ट्रेजरी बिलको डिस्काउन्ट रेट न्युनतम ७.९९५८ प्रतिशत, अधिकतम ८.७५०३ प्रतिशत र औसत ८.७०५५ प्रतिशतमा स्वीकार गरेको राष्ट्र बैंकले जनाएको छ ।
सोमबार नै राष्ट्र बैंकले ९१ दिन अवधिको २ अर्ब २३ करोड ३२ लाखको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोलमा ल्याएको थियो । उक्त ट्रेजरी बिलमा १२ बैंक तथा वित्तीय संस्थाले १५ वटा आवेदन मार्फत ५ अर्ब ५९ करोड ८२ लाख रुपैयाँको लागि आवेदन पेश गरेका थियो । उक्त ट्रेजरी बिलको डिस्काउन रेट न्यूनतम ९.८३९९ प्रतिशत, अधिकतम ९.४०९९ प्रतिशत र औसत ९.०८९१ प्रतिशतमा बैंकहरुले नवीकरण गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ भदौ २०७९, १३ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्र बैंकले एकैदिन एक खर्ब २० अर्ब निक्षेप तान्दै
तरलता व्यवस्थापनका लागि ४० अर्ब रुपैयाँ संकलन गर्ने राष्ट्र बैंकको तयारी
राष्ट्र बैंकको प्रतिवेदन- घरजग्गा कारोबारमा सुधारको संकेत, मौसमी उतारचढाव
राष्ट्र बैंकले वित्तीय प्रणालीबाट सवा खर्ब खिच्दै
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
१४ माइक्रोफाइनान्स राष्ट्र बैंकको कारबाहीमा