बन्दको प्रभाव शून्य (तस्बिरसहित)

सफल खबर संवाददाता

मंगलबार, ०७ भदौ २०७९, ११ : ५०
बन्दको प्रभाव शून्य (तस्बिरसहित)

 

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित ४ पार्टीहरूले गरेको नेपाल बन्दको प्रभाव आंशिक परेको छ । मंगलबार नेपाल बन्दको घोषणा गरेको भएपनि काठमाडौं उपत्यका र देशभर न्यून प्रभाव परेको हो । सवारीसाधनहरू काठमाडौं उपत्यकामा यतिबेला सञ्चालनमा आइरहेका छन् । बन्दकर्ताबाट हुनसक्ने जोखिम न्यूनिकरणका लागि सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ ।

सरकारी शैक्षिक संस्थाहरुसहित सरकारी कार्यालय बन्द रहे पनि अन्य निजी शैक्षिक संस्थाहरु भने सञ्चालनमा रहेका छन् ।तर सवारी भने निर्वाध रुपमा चलिरहेको छ । काठमाडौं उपत्यकाका सडकमा अन्य दिनसरह सवारी सञ्चालन भइरहेको छ । जसको कारण कार्यालय समयमा अन्य दिनमा जस्तै ट्राफिक जाम समेत देखिएको छ ।

कलंकी भएर पूर्वपश्चिम चल्ने सवारी साधनहरु निर्वाध रुपमा सञ्चालनमा रहेको छ । भने उपत्यका भित्रिने अन्य नाकाहरुबाट समेत निर्वाध रुपमा सवारी साधन चलिरहेको छ ।विप्लवसहितको समूहले देशका विभिन्न सवारी साधनमा भने आगजनी गरेको छ । भने उपत्यकासहित देशभरबाट बन्दकर्ताहरुलाई प्रहरीले पक्राउ समेत गरिरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस