हिमालयन बैंक र कान्ति बाल अस्पतालबिच सम्झौता

सफल खबर संवाददाता

सोमबार, ०६ भदौ २०७९, १६ : ४६
हिमालयन बैंक र कान्ति बाल अस्पतालबिच सम्झौता

काठमाडौं । हिमालयन बैंक लिमिटेडले महाराजगंज स्थित कान्ति बाल अस्पतालमा नगद संकलन काउन्टर संचालनमा ल्याएको छ । बैंक र अस्पतालले एक समारोहका बीच नगद संकलन काउन्टर संचालन गर्ने  सम्झौता गरेको छ । 

बैंकले अस्पतालमा उक्त सेवा २४ सै घण्टा प्रदान गर्नेछ । सो काउन्टरमा विभिन्न कार्डहरुबाट पनि भुक्तानी गर्न सकिने छ । बैंकद्वारा प्रदान गरिने उक्त सेवाले अस्पतालमा सेवा लिन आउने बिरामी एवं बिरामीहरुका परिवार÷आफन्तजन तथा अस्पतालका कर्मचारीलाई सहजता प्रदान गर्नेछ  । 

नगद संकलन काउन्टर संचालनमा ल्याउने सम्झौता पत्रमा बैंकका तर्फबाट बैंकका महाप्रबन्धक उज्जल राजभण्डारी र अस्पतालका तर्फबाट अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले हस्ताक्षर गरे । सो समारोहमा बैंक तथा अस्पतालका अन्य कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।