१०५ वटा औद्योगिक ग्राम राजपत्रमा सूचिकरण

सफल खबर संवाददाता

आइतबार, ०५ भदौ २०७९, १९ : ४६
१०५ वटा औद्योगिक ग्राम राजपत्रमा सूचिकरण

काठमाडौं । १०५ वटा औद्योगिक ग्रामको सूची राजपत्रमा प्रकाशित भएको छ । सरकारले विभिन्न समयमा घोषणा भएका तर औद्योगिक व्यवसाय ऐन अन्तर्गत राजपत्रमा सूचना जारी नभएका औद्योगिक ग्रामहरुको सूचना राजपत्रमा प्रकाशित गरेको हो । 

प्रकाशित औद्योगिक ग्राम मध्ये मुगु राराको औद्यौगिक ग्राम भने घोषणा भएर पनि खारेज भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । स्थानीय तहमा उपलब्ध कच्चा पदार्थ, सीप प्रयोग र ज्ञान प्रयोग गरेर साना, घरेलु र लघु उद्योग खोल्ने र यसैबाट स्थानीय स्तरमा रोजगारी सृजना गरेर अर्थतन्त्रमा योगदान गर्ने उद्देश्यसहित २०७५ सालको बजेटमा यस्तो घोषणा गरिएको थियो ।

यस्ता घोषित औद्योगिक ग्रामहरुलाई तीन तहको सरकारले लगानी गर्ने मोडालिटीको आयोजनामा संघीय सरकारले बढीमा ३ करोड रुपैयाँसम्म अनुदान उपलब्ध गराउने कार्यविधिमा उल्लेख छ । हालसम्म १०४ वटा स्थानीय तहले औद्योगिक ग्राम बनाउने भन्दै रकम लगिसकेका छन् । तर, हालसम्म कुनैपनि औद्योगिक ग्राम सम्पन्न भएका छैनन् ।

प्रतिक्रिया दिनुहोस