सडकमा भइरहेको सम्पूर्ण अवरोध हट्यो, केही दिनमा सबै फोहोर उठ्छ : मेयर शाह

सफल खबर संवाददाता

विहीबार, ०२ भदौ २०७९, २० : ३२
सडकमा भइरहेको सम्पूर्ण अवरोध हट्यो, केही दिनमा सबै फोहोर उठ्छ : मेयर शाह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले फोहोर विसर्जनमा सडकमा भइरहेको अवरोध पूर्णरुपमा हटेको बताएका छन्।

मेयर शाहले बिहीबार २८४ गाडी फोहोर बञ्चरेडाँडा पुगेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। अवस्था सामान्य रहे केही दिनमा सबै फोहोर उठ्ने उनले बताएका छन्।

मेयर शाहले सामाजिक सञ्जालमा लेखेका छन्,’सडकमा अहिले भइरहेको सम्पूर्ण अवरोधहरु हटेका छन्। आज मात्रै २८४ गाडी फोहोर बन्चरे पुगेका छन्। यही कायम रहिरहेमा केहीदिनमा नै सबै फोहोर उठिसक्ने छ।’

प्रतिक्रिया दिनुहोस