राप्रपामा फर्किए दिल विकास राजभण्डारी

सफल खबर संवाददाता

विहीबार, ०२ भदौ २०७९, १४ : ५५
राप्रपामा फर्किए दिल विकास राजभण्डारी

काठमाडौं । दिल विकास राजभण्डारी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा फर्किएका छन् ।

संवैधानिक राजसंस्था, सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्रको पक्षमा निरन्तर सक्रिय र समर्पित रहेको बताउँदै राजभण्डारीले राप्रपामा फर्किएको घोषणा गरेका छन् ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै राजभण्डारीले राजावादी, हिन्दुवादी र राष्ट्रवादी शक्तिहरु एकतावद्ध हुनुपर्छ भन्ने मान्यतामा आफू दृढ रहेको बताएका छन् । राप्रपा नेपाल परित्याग गरी राजभण्डारी राप्रपामा फर्किएका हुन् ।

प्रतिक्रिया दिनुहोस