प्रतिनिधि सभाको नियमावली मिचेर हतारमा नागरिकता विधेयक पारित गर्न खोजिएको भन्दै आपत्ति : महेश बस्नेत

सफल खबर संवाददाता

विहीबार, ०२ भदौ २०७९, १४ : ५२
प्रतिनिधि सभाको नियमावली मिचेर हतारमा नागरिकता विधेयक पारित गर्न खोजिएको भन्दै आपत्ति : महेश बस्नेत

काठमाडौँ । नेकपा एमालेका सांसद महेश बस्नेतले प्रतिनिधि सभाको नियमावली मिचेर हतारमा नागरिकता विधेयक पारित गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन्। बिहीबार राष्ट्रपतिले सन्देशसहित पुनर्विचारका लागि प्रतिनिधि सभामा पठाएको नेपालको नागरिकता सम्बन्धी पहिलो संशोधन २०७९ विधेयक माथि छलफलका क्रममा बोल्दै सांसद बस्नेतले यस्तो बताएका हुन्। 

उनले २४ जना सांसदले ९० भन्दा बढी सुझाव र सन्देशलाई वेवास्ता गरिएको बताए। उनले मधेशमा नागरिकता सम्बन्धी व्यवस्थाबारे गलत सन्देश प्रवाह गर्नुका साथै राजनीतिक दाउपेजका लागि प्रयोग गरिएको बताए।

एमाले नागरिकता सम्बन्धी संशोधनको विपक्षमा छ भन्ने सन्देश दिन खोजेको भए पनि वास्तविक त्यो नभएको उनको भनाइ छ। नागरिकताविहीन सात लाख नागरिकहरुलाई नागरिकता प्रदान गर्ने कुरा प्रमुख सवाल भएको सांसद बस्नेतले बताए।

तर, त्यसकै आडमा गैर नागरिकतलाई नागरिकता दिनु हुँदैन भन्ने कुरामा यसअघि नै राज्य व्यवस्था समितिमा सहमति भइसकेको उनले स्मरण गराए। उनले बिहे गर्नेबित्तिकै अंगीकृत नागरिकलाई नागरिकता दिनुपर्छ भन्ने कुरामा गम्भीर छलफल गर्न माग गरे।

प्रतिक्रिया दिनुहोस