लघु, घरेलु तथा साना उद्योगहरू बागमती सरकारको प्राथमिकतामा

सफल खबर संवाददाता

विहीबार, ०२ भदौ २०७९, १२ : ०४
लघु, घरेलु तथा साना उद्योगहरू बागमती सरकारको प्राथमिकतामा

 

काठमाडौँ ।  बागमती प्रदेश सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठले मुलुकको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने र रोजगारी सिर्जना गर्ने लघु, घरेलु तथा साना उद्योगहरू बागमती सरकारको प्राथमिकतामा रहेको बताएका छन्।

नेपाल घरेलु तथा साना उद्योग महासंघले राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन्।अर्थतन्त्रलाई माथि उठाउने र आयात प्रतिस्थापन गर्दै स्थानीय उत्पादनबाटै आत्मनिर्भर बनाउन सघाउने यस्ता उद्योगहरूका लागि बागमती सरकार सदैव साथमा रहेको उनकाे भनाइ छ।

नेपाल घरेलु तथा साना उद्योग महासंघसँग जोडिएर व्यवसायीहरूलाई सहजता प्रदान गर्ने र उद्यमशीलताको विकास गर्ने कुरामा लागिपर्ने प्रतिवद्धता पनि मन्त्री श्रेष्ठले व्यक्त गरे।महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले नेपालको सन्दर्भमा लघु, घरेलु तथा साना उद्योगहरू आर्थिक समृद्धिकाे संवाहकका रूपमा रहेता पनि यस्ता उद्योगहरूकाे प्रमुख समस्याका रूपमा बजार पहुँच रहेको बताए।

कर्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष सूर्य कँडेल, उपाध्यक्षहरू मोहन कटुवाल र शोभा गुरुङ, महासचिव डम्बरप्रसाद रेग्मी, कोषाध्यक्ष अच्युत पाण्डे, महासंघको महिला उद्यमी समिति वरिष्ठ उपाध्यक्ष रीता अवाललगायतले पनि आफ्ना भनाइ राखेका थिए।

प्रतिक्रिया दिनुहोस