फिल्म ‘सिया’ काे टिजर सार्वजनिक

सफल खबर संवाददाता

विहीबार, ०२ भदौ २०७९, ११ : ५४
फिल्म ‘सिया’ काे टिजर सार्वजनिक

एजेन्सी । दृश्यम फिल्मस् र रागव गुप्ताको निर्माणमा बनेको फिल्म ‘सिया’ काे टिजर सार्वजनिक भएको छ ।

सियाको टिजरमा पीडा, क्रूरता र न्यायको लागि गरिएको लडाई देखाइएको छ । एक मिनेट ९ सेकेण्ड लामाे टिजरमा हिंसा र बलात्कारको सिकार भएकी केटीको कथा देखाइएको छ ।

सबै बाधाहरूको सामना गर्ने एउटा सानो सहरकी केटी न्यायको लागि लड्ने निर्णय गर्छिन् र पुरुष प्रधान समाज विरुद्ध आन्दोलन सुरु गरेको देखाइएको छ । फिल्मलाई मनिष मुन्द्राले निर्देशन गरेका हुन् । यसमा विनीत कुमार सिंह र पूजा पाण्डे मुख्य भूमिकामा छन् । फिल्म १६ सेप्टेम्बर २०२२ मा देशव्यापी रिलिज हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस