धार्मिक पर्यटनको प्रवद्र्धनको लागि विश्व साईकल यात्रा

सुरेन कुँवर

सोमबार, २८ जेठ २०७५, १८ : १५
धार्मिक पर्यटनको प्रवद्र्धनको लागि विश्व साईकल यात्रा

चितवन । नेपालको धार्मिक पर्यटनको प्रचारका लागि सुनसरीका ओम प्रकाश बानियाँ विश्व साईकल यात्रामा निस्किएका छन् । 
बैशाख १९ गते देखि नेपाल यात्रामा निस्किएका २७ बर्षिय बानियाँले चितवन सहित २३ जिल्लाको यात्रा गरिसकेका छन् । नेपाल यात्राका क्रममा उनले देशको शान्ति ,समृद्धि र स्थाईत्वको नाराका साथ विभिन्न स्थानिय तहसम्म पुग्ने गरेका छन् ।

विश्व साईकल यात्री पुष्कर शाहको युट्युबमा भिडियो हरेपछि प्रभावित भएर वैदेशिक रोजगारीको शिलशिलामा कतारमा रहेका उनले नेपाल आएर विश्व साईकल यात्रा गर्ने लक्ष्यका साथ यात्रा निस्किएको बताए । नेपाल आएपछि पुष्कर दाईसगँ सल्लहा सुझाव लिए ,उनले भने ,“ नेपालको धार्मिक पर्यटनको बारे विश्व माझ पुराएर छाड्छु । नेपालमा महत्वपुर्ण पर्यटकीय स्थल धेरै भएपनि प्रचार हुन सकेको छैन ।”

प्रचार प्रसारको कमी हुनाले नेपालमा बाह्य पर्यटक भित्राउन गारो हुने गरेको उनको भनाई छ । ६ महिना भित्र नेपालका ७७ वटा जिल्लाको यात्रा पुरा गरि दशै तिहार लगत्तै भारत हुदै विश्व यात्रामा निस्किन लागेको उनले बताए ।
जाईन्ट कम्पनीको साईकलमा नेपाल यात्रा निस्किएका उनले साईकलमा देशका मुख्य धार्मिक स्थलहरुको पोष्टर लिएर हिडेको बताए । यी पोष्टरहरुलाई नेपालको विदेश स्थित राजदुताबासमा प्रेसमिट गरेर धार्मिक स्थलको बारेमा जानकारी गराउने सोच बनाएको छु ,उनले भने । नेपाल सरकारले बाह्य पर्यटक भित्रयाउन यस्ता ठाँउहरुको प्रचार प्रसारमा ध्यान पु¥याउन सके नेपालमा ठुलो संख्यामा पर्यटक भित्राउन सकिने उनको धारणा छ ।

विश्व साईकल यात्रामा निस्किएका उनी ८ देखि ९ बर्षको समयमा विश्वको साईकल यात्रा गर्ने अठोट बोकेका छन् । उनी भन्छन् पुष्कर दाईले साईकल यात्रा गर्ने बेला प्रविधिको यति विकास भएको थिएन । दाईलाई रुटको समस्या थियो , अहिले त्यो समस्या प्रविधिले हटाएको छ ,त्यसैले दाई भन्दा केहि सयम छिटो यात्रा गरेर सक्छु भन्ने लागेको छ ।
एक सन्तानका बुवा बानियाँलाई सुरुवाती चरणमा घरपरिवारबाट सर्पोट थिएन् । अहिले बुवा आमाले कहाँ छौ भन्दै फोन गरि रहनुहुन्छ , अहिले खुसी छु उनी भन्छन् ।  

चितवनपछि उनी तनहँ ,गोरखा ,पाल्ला हुदै पश्चिम नेपालको यात्रा गर्ने उनले बताए । नेपाल भ्रमणको लागि व्यक्तिगत २ लाख ७५ हजार छुटाएको भएपनि अहिलेसम्म कुनै खर्च नभएको उनी बताउछन् । नेपालको यात्रा सगैँ विदेश यात्राको लागि कागजात पनि बन्ने क्रम रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस