पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल भर्ना

सफल खबर संवाददाता

बुधबार, ०१ भदौ २०७९, २१ : ३५
पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल भर्ना

काठमाडौँ । पूर्वयुवराज्ञी हिमानी शाह अस्वस्थ भएपछि बुधबार उनलाई ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ।

टन्सिलाइटिसका कारण ज्वरो र घाँटी दुखेकाले उनलाई ‘अब्जर्भेसन’का लागि अस्पतालमा भर्ना गर्नुपरेको स्रोतले जानकारी दिएको छ।

पूर्वयुवराज्ञी शाह हिमानी ट्रस्टको च्याप्टर खोल्न केही दिनअघि अष्ट्रेलिया गएकी थिइन्। उनी मंगलबार अष्ट्रेलियाबाट नेपाल फर्केको उनीनिकट स्रोतले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस