उपत्यकाको फोहोर व्यवस्थापन गर्न तीन सिडिओको बैठकः के भयो सहमति ?

सफल खबर संवाददाता

बुधबार, ०१ भदौ २०७९, २० : ४२
उपत्यकाको फोहोर व्यवस्थापन गर्न तीन सिडिओको बैठकः के भयो सहमति ?

काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहोर बञ्चरेडाँडा ल्याण्डफिल साइटमा व्यवस्थापन गर्न तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू र जनप्रतिनिधिहरूको बैठक सकिएको छ ।

करिब छ घण्टा चलेको बैठकमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल र नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालसहित धादिङको धुनिवेशी नगरपालिका, नुवाकोटको ककनी गाउँपालिकाका जनप्रतिनिधि र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहभागी थिए ।  उक्त बैठकमा काठमाडौंका मेयर बालेन भने उपस्थित थिएनन्। 

बैठकमा सहभागी काठमाडौँका सिडिओ रिजालका अनुसार छलफलपछि बञ्चरेडाँडामा फोहोर फाल्न अवरोध अन्त्य गर्ने ३ बुँदे सहमति भएको छ । पहिलो फोहोर बोक्ने गाडीले बाटोमा लिचेड चुहाउन नपाउने, बाटोमा धुलो रोक्ने काम गर्ने सहमति भएको छ भने दोस्रोमा फोहोर बिसर्जन भएको विन्दूमा माटोले राम्रोसँग पुर्ने कुरा भएको छ। यस्तै तीन/तीन दिनमा प्लास्टिक, त्यसमाथि माटो, माटोमाथि फोहोर नगन्हाउने बनाउन चुना लगायतका केमिकलहरू छर्कने सहमतिलाई कडाइका साथ पालना गर्ने सहमति भएको छ । 

प्रतिक्रिया दिनुहोस