सानोभेरीमा युवकको शव भेटियो

सफल खबर संवाददाता

बुधबार, ०१ भदौ २०७९, १४ : २२
सानोभेरीमा युवकको शव भेटियो

दाङ । रुकुम पश्चिमको सानीभेरी नदीमा एक युवकको शव फेला परेको छ । सानीभेरी गाउँपालिका–४ स्थित सानीभेरी नदीको बीचको टापुमा अन्दाजी ३० वर्षिय युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले रुकुम पश्चिमले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक बिष्णुप्रसाद सोतीका अनुसार नदीको बीचमा अड्किको अवस्थामा भेटिएको शव निकालिएको छ । मृतकको पहिचान भने खुलेको छैन । घटनाको थप विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस