काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान प्रदेश १ का पहाडी भूभागमा पूर्ण बदली रही अन्य प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ। बाँकी भूभागमा आंशिक बदली रहेको छ।
यस्तै प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ। यस्तै दिउँसो प्रदेश १ र बागमती प्रदेशका केही तथा बाँकी प्रदेशका एक दुई स्थानहरूमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ।
राति पनि पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ भदौ २०७९, ०७ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : धेरै स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा चट्याङसहित भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना