बञ्चरेडाँडामा प्रहरीले गर्‍यो ५ राउण्ड हवाईफायर

सफल खबर संवाददाता

मंगलबार, ३१ साउन २०७९, १६ : ११
बञ्चरेडाँडामा प्रहरीले गर्‍यो ५ राउण्ड हवाईफायर

काठमाडौं । बञ्चरेडाँडामा प्रहरीले हवाई फायर गरेको छ। काठमाडौंबाट फोहोर बोकेर गएको गाडीलाई स्थानीयले अवरोध गरेपछि प्रहरीले केही सेल अश्रुग्याँस र ५ राउण्ड हवाईफायर गरेको हो । 

सुरुमा प्रहरीले सम्झाउन खोजेपनि स्थानीयले प्रहरीमाथि नै ढुंगामुढा गरेपछि हवाई फायर गर्नुपरेको काठमाडौं प्रहरी प्रवक्ता प्रहरी उपरिक्षक दिनेशराज मैनालीले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस