कर्मचारीको नयाँ तलवमान सार्वजनिक

सफल खबर संवाददाता

मंगलबार, ३१ साउन २०७९, १२ : ५२
कर्मचारीको नयाँ तलवमान सार्वजनिक

काठमाडौँ । सरकारले बजेटमा घोषणा गरिएअनुसार कर्मचारीको नयाँ तलव लागू गरेको छ।

अर्थ मन्त्रालयले सोमबार नयाँ तलव लागू गरिएको सम्बन्धी सूचनासँगै नयाँ तलवमान सार्वजनिक गरेको हो। अर्थमन्त्री जनार्दन शर्माले बजेटमा १५ प्रतिशत तलव बढाउने घोषणा गरेका थिए।

नयाँ तलवमान अनुसार मुख्यसचिवको तलव २ ग्रेडसहित ८२ हजार ३ सय ५९ रुपैयाँ पुगेको छ। यसैगरी, प्रधानसेनापतिको तलव पनि २ ग्रेडसहित ८२ हजार ३ सय ५९ रुपैयाँ र प्रहरी महानिरीक्षकको तलव भने २ ग्रेडसहित ७६ हजार ८ सय ८८ रुपैयाँ पुगेको छ।

सरकारले निजमति कर्मचारीदेखि शिक्षक तथा प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीको तलव बढाएको हो।

प्रतिक्रिया दिनुहोस