बुटवल । मध्यरातमा मदिरा सेवन गरेर ट्रकका चालक र सहचालकलाई आक्रमण गर्न भन्दै ट्रकमा चढेका एक युवाको खसेर मृत्यु भएको छ । बुटवलबाट पाल्पातर्फ जाँदै गरेको ट्रकलाई बाटो छेकी आक्रमण गर्न ट्रकमाथि चढेका तानसेन ८ जरे पिपलका २५ वर्षीय विक्रम श्रेष्ठको ट्रकबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
मदिरा सेवन गरी सडकको बिचमा सुतिरहेको अवस्थामा सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवलबाट पाल्पातर्फ गइरहेको ग २ ख १०१५ नम्बरको ट्रकले हर्न बजाएर बाटो छाड्न सङ्केत गर्दा उल्टै श्रेष्ठ सहितका ४ जना युवाले ट्रक चालक र सहचालकलाई आक्रमण गर्न ट्रकमा चढेका थिए ।
त्यस क्रममा ट्रकबाट खसेर घाइते भएका श्रेष्ठको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रवासमा मृत्यु भएको हो । पाल्पा जिल्लाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गौतम बोहराले ट्रक सहित चालक र सहचालकलाई नियन्त्रणमा लिएको बताए । उनले घटनामा संलग्न युवाहरू प्रहरीको सम्पर्कमा रहेको र अनुसन्धान भइरहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३१ साउन २०७९, १२ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
ट्रकको ठक्करबाट एकजनाको मृत्यु
ट्रकको ठक्करबाट घाइते भएका प्रहरी निरीक्षक लामाको मृत्यु