निहारिका राजपूतलाई कानुनमन्त्रीले भेटे, आरोपीको डिएनए टेस्ट गराइने

सफल खबर संवाददाता

सोमबार, ३० साउन २०७९, १७ : २४
निहारिका राजपूतलाई कानुनमन्त्रीले भेटे, आरोपीको डिएनए टेस्ट गराइने

काठमाडौँ । निहारिका राजपूतलाई कानूनमन्त्री गोविन्द बन्दीले भेटेरे अनसन फिर्ता लिन आग्रह गरेका छन् । ११ दिनदेखि आमरण अनशनमा रहेकी र आत्मदाहको प्रयास समेत गरेकी निहारिका महाराजगञ्जस्थित टिचिङ अस्पतालमा छिन् । अस्पतालमै पुगेर मन्त्रीले अनशन तोड्न आग्रह गरेका हुन् ।

निहारिकाकाले उठाएका मागहरुप्रति सरकार संवेदनशील रहेको बताउँदै कानुनमन्त्रीले उनको बच्चा र आरोपीको डीएनए टेस्ट गराउनका सरकारले पहल गर्ने बताए । तर निहारिकाले भने पहिला आफ्ना माग पूरा हुनुपर्ने अनि मात्र अनसन तोड्ने बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस