कोरोना अपडेट : थप ८८८ जनामा संक्रमण पुष्टि, १ जनाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, ३० साउन २०७९, १६ : १५
कोरोना अपडेट : थप ८८८ जनामा संक्रमण पुष्टि, १ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ७३७ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट ४२७ तथा एन्टिजेन विधिबाट ४६१ जनामा गरी ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

पछिल्लो २४ घण्टामा ४७४ जना संक्रमणमुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रिय संक्रमितको संख्या ५ हजार ३८७ पुगेको छ ।