साहित्य, कला, कलाकार र कविताप्रति आफ्नो अलि बढी नै अनुराग छः प्रचण्ड

सफल खबर संवाददाता

सोमबार, ३० साउन २०७९, १४ : २५
साहित्य, कला, कलाकार र कविताप्रति आफ्नो अलि बढी नै अनुराग छः प्रचण्ड

 काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साहित्य, कला, कलाकार र कविताप्रति आफ्नो अलि बढी नै अनुराग रहेको बताएका छन्। काठमाडौंस्थित रसियन कल्चर सेन्टरमा सोमबार आयोजित कलाकार सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रचण्डले उक्त कुरा बताएका हुन्।

‘म आफैं पनि संस्कृतिप्रति, कलाप्रति अलि बढी नै अनुराग राख्ने मान्छे हुँ। म राजनीतिमा लागेर बढो उत्तारचढावमय जीवन बिताएँ,’ प्रचण्डले भने,‘मेरो भित्रि चाहीँ म अलि बढी भावुक, अलि बढी संवेदनशील हुनुका नाताले कला, साहित्य, कविता, कलाकारप्रति मेरो अनुराग अलि बढीनै छ।’

प्रचण्डले आफ्नो यो पक्ष कमै मान्छेले बुझ्ने गरेको बताए।
 

प्रतिक्रिया दिनुहोस